अशोक राई बने जसपाको संघीय परिषद् अध्यक्ष
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्को अध्यक्ष अशोक राई बनेका छन्।
वीरगन्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले बिहीबार यसअघिका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइलाइ पदमुक्त गरेर उक्त पदमा पार्टीका वरिष्ठ नेता राइलाइ मनोनित गर्ने निर्णय गरेको हो।
यसअघि बिहीबार नै बैठकले संघीय परिषद अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो।
बैठकले संघीय परिषद् अध्यक्ष भटटराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।
पार्टी विरोधी गतिविधीमा लागेको भन्दै उनीहरुलाई कारवाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गरेको हो।
वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए।
उनले भने, ‘दुई दिनको बैठकले कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ, शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ।’