श्रीलंकालाई आर्थिक सहयोग गर्न विराटनगरमा रकम संकलन

श्रीलंकालाई आर्थिक सहयोग गर्न विराटनगरमा रकम संकलन

विराटनगर : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्नका लागि विराटनगरमा समाजसेवी एवंम नेपाली कांग्रेस नेता राजेश गुप्ताले आर्थिक सहयोग गर्न अभियान सञ्चालन गरेका छन्। 

उनले प्रदेश १ को राजधानी विराटनगरबाट आर्थिक सहयोग गर्न अभियान सञ्चालन गरेका हुन्। कांग्रेसको प्रदेश १ का कोषाध्यक्षसमेत रहेका गुप्ताले श्रीलंकालाई सहयोग गर्न विराटनगर वाट अभियान सुरु गरेका हुन्। 

उनले नेपाल सरकारलाई आर्थिक सहयोग गर्न आग्रह पनि गरेका छन्। विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले भने-' संकटको बेला सहयोग गर्ने पहचान नै नेपाली हो।' हाम्रो अवस्था जे भएपनि सहयोग गर्ने बानी नै हाम्रो हो।' 

खाता खोलेर आफूले ५१ हजार जम्मा गरेर अभियान सुरु गरेको जानकारी दिए। अन्य साथीहरुसँग छलफल गरेर देशव्यापी आर्थिक सहयोगको लागि अभियान गर्ने तयारीमा रहेको उनको भनाइ छ। 

उनले श्रीलंकाका जनतालाई मानवीयताका नाताले नेपाल सरकारले नै सहयोग अभियान थाल्नुपर्ने बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.