जहाँ छैन बेरुजु

जहाँ छैन बेरुजु

प्यूठान : प्यूठानका सरुमारानी र मल्लरानी गाउँपालिले बेरुजु शून्यमा झारेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ४९औं वार्षिक प्रतिवेदन अनुसार यी पालिकामा अब एक रुपैयाँ पनि बेरुजु छैन। 

ऐन, नियम र कार्यविधिअनुसार कार्यसम्पादन गरेकाले बेरुजु शून्य हुन सफल भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताए। ‘हामीले नीतिसंगत काम गरेका छौं,’ उनले भने, ‘धेरै मेहेनतले यो सफलता हासिल गरेका हौं।’  

प्रक्रियागत रूपमा काम कारबाही भएको, खर्चमा पारदर्शिता, प्रचलित कानुनको पूर्णपालना भएकै कारण बेरुजु शून्य भएको थापाले सुनाए। स्थानीय तह आर्थिक अनुशासनमा चल्दैनन् भन्ने भ्रमलाई तोड्न सफल भएको उनले सुनाए। ‘सबै स्थानीय तह खराब हुँदैनन्, विधि विधानअनुसार चलेका छन् भन्ने पनि यसले देखाउँछ’, उनले भने। 

गाउँपालिकाले कानुन बनाएर मात्र खर्च गर्ने परिपाटीको विकास गरेको सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताए। ‘ऐन, कानुन, कार्यविधि र नियमावलीको पालनामा हामी कहिल्यै चुकेनौं’, रेग्मीले भने, ‘वार्षिक कार्ययोजना बनाएर काम गर्ने गर्छौ।’ धेरैजसो बेरुजु उपभोक्ता समितिमार्फत हुने काममा देखिने गरेको थियो।

त्यसैले आफूहरूले उपभोक्ता समितिलाई काम, कर्तव्य र अधिकारका बारेमा प्रष्टसँग स्थलगत रुपमै पुगेर प्रशिक्षित गराएपछि सुधार भएको उनले बताए। पालिकाले लिएको वार्षिक, नीति तथा कार्यक्रमको सही रूपमा कार्यसम्पादन गर्नका लागि कर्मचारी र जनप्रतिनिधिको सुमधुर सम्वन्धले नै सफल हुने रेग्मीले सुनाए। उनले पालिकाको बेरुजु शून्य बनाउनका लागि सबै पक्षले साथ दिनुपर्नेसमेत बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.