विराटनगरका अस्पतालमा बिरामीको चाप बढ्यो

विराटनगरका अस्पतालमा बिरामीको चाप बढ्यो

विराटनगर : विराटनगरका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। पूर्वी तराईमा गर्मी बढ्दै जाँदा अस्पतालमा बिरामीको चाप बढेको हो। 

लामो समयदेखि वर्षा नभएको र चर्को घाम लागेका कारण ज्वरोका बिरामीले अस्पतालहरू भरिएका हुन्। 

अत्यधिक तापक्रममा तातो बाफजस्तो हावा दिनभर चल्ने भएकाले ज्वरो आउने, रुघा खोकी लाग्ने, घाँटी खसखस हुने गरेको लक्षण भएको बिरामीले विराटनगरका अस्पतालहरू खचाखच भरिएको छ। 

कोशी अस्पतालका पारामेडिक्स कामेश्वर परिहस्तका अनुसार दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा ज्वरो र रुघा खोकीको बिरामी आउने गरेका हुन्। 

अत्यधिक गर्मीका बेला ज्वरो आएर कमजोर बनाउने भएकाले बिरामी भर्ना गर्न बेडको अभाव हुने गरेको उनले बताए। अस्पतालको आकस्मिक कक्षमा एक बेडमा दुईदेखि तीन जनासम्मलाई समेत राखेर उपचार गरेको उनले बताए।

अस्पतालका मेसु यज्ञराज खरेलले अस्पतालको आकस्मिक कक्षमा बेड कम रहेकाले पहिलेदेखि नै बिरामीले समस्या भोग्दै आएको बताए। 

उनले साताभित्रै आस्कमिक कक्षमा बेड विस्तार हुने बताए। 

कोशी अस्पतालको आकस्मिक कक्षलाई १२ बेडबाट ३५ बेड पुर्‍याउन लागिएको उनले जानकारी दिए। 

यद्यपी अस्पतालमा आएका बिरामीलाई भर्ना गर्न कुनै समस्या नभएको उनले दाबी रहेको छ। आकस्मिक वार्डमा नअटे अन्य वाडमा समेत भर्ना गरेर निरन्तर सेवा दिई रहेको उनले बताए।  

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै  हावा नचल्नु र हावा चल्दा पनि तातो हावा आउनुले बढी गर्मीको महसुस सर्वसाधारणहरूले गर्ने गरेका वतावरण विज्ञहरूले बताएका छन्। 

वातावरण विज्ञ रामचन्द्र अधिकारीले सूर्यको ताप बढेको बेला हावा चलेपनि तातो हुने भएकाले गर्मी बढेको बताए।   

नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भएपनि पछिल्लो दुई सातामा पानी नपरेका कारण गर्मी बढि भएको जल तथा मौसम विज्ञान विभाग विराटनगरले जनाएको छ। 

तातो बाफ जस्तो हावा चलेका बेला सर्वसधारण चिसो पानी खाने गरेकाले पनि बिरामी हुनेको सख्या बढेको चिकित्सकहरूले बताएका छन्।  
 
गर्मीका बालबालिका झाडापखाला ,ज्वरो लाग्ने नीमोनिया लाग्ने करिब ४० देखि ५० जना उपचारार्थ आउने गरेको अस्पतालले जनाएको छ। कोशीको आकस्मिक विभागको झ्यालमा समेत राखेरसमेत उपचार भइरहेको पाइन्छ।

प्रदेश १ को स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश सरकारको मातहतमा रहेको अस्पतालहरूले दिइने सेवामा कुनै कमी नरहेको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.