स्याङजाको गल्याङका निवर्तमान नगरप्रमुख अधिकारीलाई ६ महिना निलम्बन

स्याङजाको गल्याङका  निवर्तमान नगरप्रमुख अधिकारीलाई ६ महिना निलम्बन

स्याङ्जा : नेकपा एमाले स्याङ्जाले गल्याङ् नगरपालिकाका निवर्तमान प्रमुख भूपराज अधिकारीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनमा अधिकारीमाथि पार्टीलाई अन्तर्घात गरी आफ्ना उम्मेदवारलाई पराजित गरेको आरोप लगाइएको छ।  

नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) का अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नदिएकाले अधिकारीलाई पार्टीका जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको जनाइएको छ। 

गएको असार २० गते ३ दिनभित्र र असार २८ गते २ दिनभित्र स्पष्टीकरण दिनका लागि समय तोकेको थियो।  अधिकारीमाथि विभिन्न ९ वटा मुख्य बुँदामा केन्द्रित रही स्पष्टीकरण सोधिएको छ। 

निर्वाचनका बेला निर्णायक भूमिका नखेलेको, चुनावी अभियानका क्रममा सहभागी नभएको, बिरोधीसँग साँठगाँठ गरेको र आफ्ना उम्मेदवारलाई हराउन लागेको, विपक्षी दलसँग रकम लिएको, आफ्ना पार्टीका उम्मेदवार हराउने अभियानमा जुटेको, कार्यकर्ता भड्काएको, केन्द्रीय अध्यक्ष केपी ओली र जिल्लाका नेता एवं केन्द्रीय सचिव पदमा अर्याललाई अमर्यादित शब्द र गालीगलौच गरेको लगायतका विविध आरोपसहित निर्वाचनमा नगरप्रमुख र उपप्रमुखलाई हराउनुपर्ने कारणका बारेमा स्पष्टीकरण सोधु्दासमेत अधिकारीले लिखित वा मौखिक कुनै किसिमको पनि प्रतिक्रिया नजनाएकाले कारबाही गरिएको अध्यक्ष गैह्रेको भनाइ छ।

जिल्ला अध्यक्षसमेत रहेको गैह्रेलाई नगरप्रमुखको उम्मेदवार हुने टिकट पाएपछि निवर्तमान प्रमुख अधिकारी असन्तुष्ट भएको एमालेवृत्तमा चर्चा छ। 

एमाले तर्फबाट उम्मेदवार बनेका गैह्रे नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईसँग पराजित भएका हुन्। भट्टराई नेपाली कांग्रेसका जिल्ला सचिव हुन। एमाले जिल्ला अध्यक्ष र कांग्रेस जिल्ला सचिवबीच नगरप्रमुख पदमा प्रतिस्पर्धा भएको थियो।  

भट्टराईले ९ हजार ६२१ मत ल्याउनु पाउँदा गैह्रेले ८ हजार ९२२ मत ल्याएका थिए। २०७४ सालको चुनावमा प्रमुख र उपप्रमुख एमालेले जितेको थियो। अहिले भने दुबै पद नेपाली कांग्रेसले जितेको छ। गल्याङ्लाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि उनी एकीकृत समाजवादीको सचिव भएका थिए। केन्द्रीय नेताले पुनः नगर प्रमुखको टिकट दिने आश्वासन दिएपछि उनी एमालेमा फर्केका थिए। गत वर्ष सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा पनि उनी सचिव पदमा पराजित भएका थिए।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.