प्रदेश १ मा बढ्यो कोरोना : तीन दिनमा १३५ जना सक्रिय संक्रमित

प्रदेश १ मा बढ्यो कोरोना : तीन दिनमा १३५ जना सक्रिय संक्रमित

विराटनगर : प्रदेश १ मा पुनः कोरोना संक्रमितको बिरामीहरुको संख्या एक्कासी बढेको छ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबारमात्रै ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। जसमा विराटनगरमा ४४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार कुल २६१ जनाको नमूना परीक्षण गर्दा १२ महिला र ६२ पुरुषमा संक्रमण देखिएको हो। संक्रमितमध्ये अधिकांश मोरङ कारागारका कैदीबन्दी रहेका छन्।

यसबाहेक मोरङको बुढीगंगामा ४, उर्लाबारीमा १ तथा झापाको भद्रपुर, बिर्तामोड, मेचीनगर र बुद्धशान्तिमा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार विराटगनरस्थित न्यूरो अस्पतालको प्रयोगशालामा १३९ जनाको स्वाबको नमूना परीक्षण गर्दा समेत २४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ६५ नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको छ। पछिल्लो समय प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३५ पुगेको जनाइएको छ।

मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिन आम सर्वसाधारणमा आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.