भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, मुर्म र सिन्हाबीच प्रतिष्पर्धा

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु, मुर्म र सिन्हाबीच प्रतिष्पर्धा

नयाँ दिल्ली : भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन सुरु भएको छ। निर्वाचनमा सत्तारुढ दल राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट द्रौपदी मुर्म र विपक्षी दलबाट यशवन्त सिन्हाबीच प्रतिष्पर्धा हुँदैछ। सत्तारुढ दलकी उम्मेदवार मुर्म विपक्षी दलका उम्मेदवारभन्दा बलियो देखिएकी छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मलाई अन्य दलहरुले समेत समर्थन गरेका छन् । १५ औं राष्ट्रपतिका लागि निर्वाचन  हुन लागेको हो । बिहान १० बजेबाट सुरु भएको निर्वाचन ५ बजेसम्म जारी रहनेछ । 

निर्वाचनको नतिजा बिहीबार सार्वजनिक हुने बताइएको छ । भारतका दुवै सदन, राज्य विधानसभा सदस्यहरुले मतदान गर्न गर्नेछन् । सत्तारुढ गठबन्धनकी उम्मेदवार मुर्मले भारतको आदिवासी समुदायलाई प्रतिनिधित्व गर्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.