सरकारले बनावटी मूल्यवृद्धि गरायो, उपभोक्ता मर्कामा परे : उपमहासचिव ज्ञवाली

सरकारले बनावटी मूल्यवृद्धि गरायो, उपभोक्ता मर्कामा परे : उपमहासचिव ज्ञवाली

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफू एक थरी तरकारी मात्रै पकाउने अवस्थामा पुगेको बताए। सोमबार नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले बनावटी मूल्यवृद्धि गराएकाले आम उपभोक्ता मर्कामा परेको आरोप लगाएका हुन्। 

‘म एक प्रतिनिधि सभा सदस्य हुँ, मन्त्री पनि भइसकेको व्यक्ति हुँ तर मेरा दुई थरी तरकारी पाउने क्षमता मसँग छैन्, मैले घरमा एकथरी मात्रै तरकारी पकाउने सम्झौता गरेको छु’, उनले प्रश्न गर्दै भने,‘मेरो अवस्था छ भने अरुको के अवस्था होला ? ’

वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको आरोप छ। आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे। ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको समेत बताए। ‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो,’ ज्ञवालीले भने। उनले उपभोक्ता अभाव, सिन्डिकेट र महगीको मारमा परेको बताए। 

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने पनि समितिका सदस्य समेत रहेका ज्ञवालीले बताए। ‘दबाव, प्रभाव, स्वार्थबाट तथ्यमा तोडमोड हुन दिदैनौं’, उनले भने। 

ज्ञवालीले नेपालको अर्थतन्त्र मुठीभर बिचौलिया नियन्त्रणमा रहेको बताए। उनले बेतिथी, कुशासन र बबार्दीतर्फ देश धकिरहेको बताए। ‘राज्य विचौलियाको डरलाग्दो घेराबन्दीमा छ, यो गठबन्धन नै वित्तिय गठबन्धन भइरहेको छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.