मध्य प्रदेशको नर्मदा नदीमा बस खस्यो, १२ जनाको मृत्यु
नयाँ दिल्ली : भारतको मध्य प्रदेशमा सोमबार बिहान बस दुर्घटना भएको छ ।
५५ यात्रु बोकेको बस खरगोन र धार जिल्लाको सिमानामा पर्ने नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १५ जनालाई जिवितै उद्दार गरिएको प्रहरीले
जनाएको छ।
यो बस इन्दौरबाट महाराष्ट्रको पुणे जाँदै थियो।
नदीबाट १२ जनाको शव निकालिएको र १५ जनाको जिवितै उद्दार गरिएको एसपी खरगोन धर्मवीर सिंहलेे जानकारी दिएका छन्।
पुलको रेलिङ भाँचिदा बस ढुंगामा बजारिदै नदीमा खसेको उद्दारमा खटिएकाहरुले बताएका छन्।
दुर्घटनाग्रस्त बसका पार्टपुर्जा छरपस्ट भएको र केही यात्रु पौडी खेलेर ज्यान बचाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
घटनास्थलमा उद्धारकर्मीले बेपत्ताहरुको खोजी गरिरहेका छन्।