कागजपत्र माग्दा हरियाणामा डीएसपीलाई किच्दै भागे टिपर चालक

कागजपत्र माग्दा हरियाणामा डीएसपीलाई किच्दै भागे टिपर चालक

नयाँ दिल्ली : भारतको हरियाणामा एक जना डीएसपीलाई टिपर चालकले किचेर मारेका छन्। मेवात जिल्लाको तवाडुमा डीएसपी सुरेन्द्र सिंहलाई टिपर चालकले किचेर मारेको हरियाणा प्रहरीले जनाएको छ।

अवैध उत्खन्न भइरहेको अरावली पहाडी क्षेत्रमा 'रेड' गर्न गएका उनलाई चालकले किचेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

डीएसपी सिंहले चालकसँग चेकजाँच गर्ने क्रममा किचेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनएनआईले उल्लेख गरेको छ। 

'डीएसपी सिंहले चालकसँग कागजपत्र मागेका थिए। तर चालकले रोक्नुको सट्टा झनै तेज गतिमा गाडी कुदायो। सँगै रहेका दुई जना आफ्नो ज्यान बचाउन सफल भए पनि टिपर चालकले डीएसपी सिंहलाई किच्दै भागेका थिए,' प्रत्यक्षदर्शीले भनेका छन्।

हरियाणा प्रहरीले ड्युटीका दौरान भएको घटनाको निन्दा गर्दै अपराधिलाई न्यायको कठघरामा उभ्याइछाड्ने बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.