ट्विटर विवादमा एलन मस्क : अदालतले अक्टोबरमा सुनुवाइ गर्ने

ट्विटर विवादमा एलन मस्क : अदालतले अक्टोबरमा सुनुवाइ गर्ने

वासिङटन डिसी : टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई अमेरिकी अदालतको निर्णयले समस्यामा पारेको छ । अमेरिकी अदालतले एलन मस्कविरुद्ध परेको ट्वीटर मुद्दाको सुनुवाइ अक्टोबरमा गर्ने तय गरेको छ।

एलन मस्कले यो मुद्दाको सुनुवाइ ढिलो गर्न माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए। पछि ट्विटरलाई नक्कली एकाउन्टको जानकारी लुकाएको आरोप लगाएर उनी सम्झौताबाट पछि हटेका थिए।

  

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले सम्झौता पूरा गराउन अदालतको बाटो रोजेको छ। अदालतले एलन मस्कलाई ५४.२० डलर प्रति शेयरमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्वीटरको अपेक्षा छ।
 बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.