दुई मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु

दुई मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु

महोत्तरी : महोत्तरीको गौशालामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ।

सम्सी माईस्थान सडकखण्डअन्तर्गत गौशाला नगरपालिका- २, निगौलमा प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल र बिपरीत दिशातर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००१ प ८६७९ नं. को मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्रदेश नं. २-०२-००१ प ८६७९ को मोटरसाइकल चालक औरही नगरपालिका वडा नं. २ का २४ वर्षीय विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

त्यस्तै घाइते हुनेमा प्रदेश नं. २-०२-००३ प ७७३८ नं. को मोटरसाइकल चालक गौशाला नगरपालिका- ४ रजखोरका बर्ष २५ को कृष्ण यादव रहेको छ। 

गम्भीर घाईते रहेको यादवको थप उपचारको लागि काठमाडौं पठाईएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.