श्रीलंकामा रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

श्रीलंकामा रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन

कोलम्बो : श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन्। रनिल विक्रमासिङ्घे १३४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन्।

जम्मा २२३ सांसदले मतदान गरेका थिए भने २ सांसद मतदानमा अनुपस्थित भएका थिए। झरेको २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गरेका छन्। उनले श्रीलंकालाई हाल चलिरहेको आर्थिक संकटबाट बाहिर निकाल्न सबैलाई आग्रह गरेका छन्।  यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए।

गोटाबाया राजपाक्षे श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो।  रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ। उनी गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन्।

जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ्सपछि सिंगापुर गएका थिए। त्यसपछि राष्ट्रपतिको जिम्मेवारी रनिल विक्रमासिंघेले पाए। अहिले संसदले पनि उनलाई नै अनुमोदन गरेको छ।

यसअघि गोटाबायाका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको कुर्सी छोडेका थिए र त्यसपछि उनी कहाँ बेपत्ता छन् भन्ने आधिकारिक जानकारी छैन।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.