महोत्तरीको गौशालामा सर्पदंश उपचार सेवा सुरु
![महोत्तरीको गौशालामा सर्पदंश उपचार सेवा सुरु](https://annapurnapost.prixacdn.net/media/albums/2020-04-21_20220720145441_ldloImZsdi.png)
महोत्तरी : पछिल्लो समय सर्पदंशको घटनामा वृद्धि भएपछि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा सर्पदंश उपचार सेवा सुरु भएको छ।
वर्षौदेखी दक्ष चिकित्सकको अभावमा उपचार सेवा अवरुद्ध रहेकोमा नगरपालिकाको विशेष पहलमा सो सेवा पुनः सुरु गरिएको हो।
उपचार केन्द्रमा अक्सिजनको व्यवस्था, इमर्जेन्सी प्यासेन्ट मोनिटरको व्यवस्था, एन्टिस्नेकभेनमको व्यवस्था, इन्टुवेशनको सेवाको तत्कालै व्यवस्थापन गरेर उपचार सुरु भएको गौशाला नगरपालिकाले जनाएको छ।
सर्पदंश सेवा सुरु भएसँगै स्थानीयलगायत आसपासका पालिकाकावासीलाईसमेत राहत महसुस हुने नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए।
निर्वाचनमा स्वास्थ्य विषयलाई प्राथमिकता दिने वाचा गरेअनुसार नै नगरवासीलाई प्रत्यक्ष रूपमा फाइदा हुने किसिमको स्वास्थ्य सुधारको कार्यक्रम ल्याउने प्रयासमा रहेको नगरप्रमुख डा. महतोले बताए।
गर्मी बढेसँगै तराईका जिल्लामा वैशाखदेखि कातिकसम्म सर्पदंशका बिरामी बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)