डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुल्यो

डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुल्यो

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुलेको छ। सोमबार करार कर्मचारीहरू तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले लगाएको ताला बुधबार खुलाइएको हो। 

गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरूको सम्झौता नविकरण नगर्ने निर्णय गरेपछि करार कर्मचारीलगायत आन्दोलनमा उत्रिएका थिए। 

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं. ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। 

बुधबार गाउँपालिकाका अध्यक्ष एंव करार कर्मचारीको विषयमा छलफल गर्न बनेको बार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाइएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए। 

गाउँपालिकामा लगाइएको ताला खुलेको र निर्वाध रुपमा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सुरु भएको उनले बताए। 

बैठकले करार कर्मचारीको म्याद थप नगर्नेबारे गाउँपालिकाद्धारा प्रकाशित सूचनाअनुसार म्याद थप नभएका करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधि अनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रश्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए। 

गाउँपालिकाले सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरू, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालकबाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्वर्पियो चालक एक जना, विद्यालय तर्फतको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। 

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण नहुने गरी निर्णय भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.