सुडान जातीय झडप : मृत्यु हुनेको सङ्ख्या १०५
सुडान : सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु भएको छ। त्यस्तै सो भिडन्तमा २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन्।
जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा सयौं मानिसले ज्यान गुमाएका हुन्।
राज्य स्वास्थ्य मन्त्री जमाल नासरले राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत भने, 'अहिले स्थिति शान्त छ। सेनाको तैनाथीले शनिबारदेखि लडाइँ कम भएको छ।'
विशेष गरी दशकौंको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक यस्ता घातक झडपहरू हुन्छन्।