निम्नवर्गीयको कथा ‘प्रकाश’

निम्नवर्गीयको कथा ‘प्रकाश’

काठमाडौं : चलचित्र ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा मुख्य कलाकार प्रदीप खड्का, दिया मास्के र रेनु योगीले स्थान पाएका छन्। निम्न वर्ग परिवारका प्रदीपले सरकारी शिक्षक बन्न घर छाडेको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा दिया जनयुद्धमा बेपत्ता भएका श्रीमानको पर्खाइमा बसेकी पात्रको भूमिकामा देखिएकी छिन्। उनले निकै दुःख पाएको कथा समेटिएको छ। 

दिनेश राउतद्वारा निर्देशित चलचित्रमा प्रदीप, दिया र रेनुका साथै प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ। कार्यक्रममा प्रदीपले यस फिल्मबाट आफ्नो नयाँ जन्म भएको बताए।

‘प्रकाशमा मैले अहिले सम्मकै फरक पात्र निभाएको छु।  जसकारण मेरो नयाँ जन्म भएको महसुस भइरहेको छ। पोस्टर र टिजर सार्वजनिक भएसँगै सकरात्मक प्रतिक्रियाले उर्जा दिएको छ। हिरोबाट एक्टर बन्न मैले प्रकाशमा काम गरेको हुँ,’ उनले भने। ‘प्रकाश’ मा सीताको पात्रमा देखिएकी दियाले यो जीवनकै चुनौतीपुर्ण र विशेष ‘क्यारेक्टर’ भएको बताइन्। 

सीता पात्रका लागि अडिसन दिएर निकै तयारी गरेको दियाको भनाइ छ। निर्देशक दिनेश राउतले पनि ‘प्रसाद’ भन्दा यो फिल्म एक स्टेप माथि बनाउने प्रयास गरेको बताए। यो चलचित्र जुम्लाको मात्र कथा नभई सम्पुर्ण निम्न वर्गीय नेपालीको कथा भएको उनले सुनाए। नेपालसहित विभिन्न देशमा रिलिज हुने चलचित्र भदौ १० गतेबाट रिलिज हुँदैछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.