भारतमा राष्ट्रपति निर्वाचनको मतगणना ११ बजेबाट : मतपरिणाम आजै घोषणा हुने

भारतमा राष्ट्रपति निर्वाचनको मतगणना ११ बजेबाट : मतपरिणाम आजै घोषणा हुने

नयाँ दिल्ली :  बिहीबार(आज) भारतमा १५औँ राष्ट्रपतिको नाम घोषणा हुने भएको छ। जुलाई १८ मा भएको राष्ट्रपति निर्वाचनमा संसद र व्यवस्थापिका दुवै सदनका निर्वाचित सदस्यले मतदान गरेका थिए। सो मतको गणना आज बिहान ११ बजेबाट हुने भएको हो।

मतगणनाका लागि सबै प्रदेशका विधान सभाको मतपेटिका संसद भवनमा पुगिसकेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ। 

यस पदका लागि एनडीएबाट द्रौपदी मुर्मु उम्मेदवार छन् भने विपक्षी दलबाट यशवंत सिन्हा उम्मेदवार छन् । 

यसपटक राष्ट्रपति निर्वाचनमा जम्मा चार हजार ८०७ मतदाता थिए। यसमा राज्यसभाबाट २३३ विधायक, लोकसभाबाट ५४३ र विधान सभाका ४ हजार ३३ विधायकहरू सामेल छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.