आमा बचाउन गएका छोरालाई बाबुले कारले किचेर मारिदिए

आमा बचाउन गएका छोरालाई बाबुले कारले किचेर मारिदिए

गोरखपुर : उत्तर प्रदेशको गोरखपुरमा श्रीमानले आफ्नी श्रीमतीलाई कारले किच्ने प्रयास गरेका छन्। सोही समयमा छोरा पुगेर रोक्न खोज्दा उनले आफ्नै छोरालाई कारले किचिदिए। घटनास्थलमा नै छोराको मृत्यु भयो भने आमा गम्भीर घाइते भएकी छन्। छोरीले गरेको उजुरीको आधारमा उनीमाथि मुद्दा दर्ता गरिएको छ।  

गोरखपुरको पिपराइच थाना क्षेत्रअन्तर्गत बेलवारमा बुधबार राति घरजग्गा व्यापारी चौथी गुप्ताको श्रीमतीसँग झगडा भएको थियो । यसपछि व्यापारीले श्रीमतीलाई कारले किच्दिएका थिए। २६ वर्षीय छोरा महावीर आमालाई बचाउन घटनास्थल पुगेका थिए । उनलाई पनि बुबाले कारले निर्ममतापूर्वक कुल्चेर हत्या गरे। उनको घटनास्थलमै मृत्यु भयो ।

एक दिन अघि मात्र गोरखपुरको गिडामा ५ वर्षीया निर्दोष बालिका स्कुल नगएपछि आमाले चक्कु तताएर १७ ठाउँमा डामिदिएकी थिइन्। त्यसपछि श्रीमानको उजुरीका आधारमा प्रहरीले श्रीमतीलाई पक्राउ गरी कानुनी कारबाही गरेको थियो । आजतक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.