अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ पोजिटिभ देखिएको ह्वाइट हाउसले जानकारी दिएको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेका अनुसार बाइडेनमा कोरोना संक्रमणका धेरै सामान्य लक्षण मात्र छन्। उनले रोगको गम्भीरता कम गर्न एन्टिभाइरल औषधि 'प्याक्सलोभिड' लिन थालेका छन्।

बाइडेनले अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नु अघि फाइजरको एन्टि-कोविड भ्याक्सिनको दुबै डोज लगाएका थिए। त्यसपछि सेप्टेम्बर २०२१ मा पहिलो बुस्टर डोज र मार्च २०२२ मा खोपको थप खुराक लगाए। बाइडेनअघि उपराष्ट्रपति कमला ह्यारिससहित ह्वाइट हाउसका धेरै अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। 

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले राष्ट्रपति बाइडेनलाई कोरोना पोजिटिभ देखिएको बताएकी छन्। उनमा हल्का लक्षण भएको र उनले भ्याक्सिनको सबै डोज लगाएका पनि जानकारी दिइन्।

यसअघि बाइडेनले एक भाषणमा आफूलाई क्यान्सर भएको दाबी गरेका थिए। पदभार ग्रहण गर्नुअघि उनलाई मेलानोमा छालाको क्यान्सर पत्ता लागेको थियो, जुन पहिले नै निदान गरिइसकेको ह्वाइटहाउसले बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.