श्रीलङ्काकाका प्रधानमन्त्री बने दिनेश गुणवर्धने

श्रीलङ्काकाका प्रधानमन्त्री बने दिनेश गुणवर्धने

कोलम्बो : श्रीलङ्काको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनेले शपथ लिएका छन्। श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनेले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि शुक्रबार उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो। भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए। 

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो। उनीहरूले राष्ट्रपति विक्रमासिङ्घको विरोध गरिरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.