मुस्ताङमा हाईअल्टिच्युड खेलकुद

मुस्ताङमा हाईअल्टिच्युड खेलकुद

जोमसोम : मुस्ताङको लोमान्थाङमा बर्सेनि आयोजना हुने फुटबल र भलिबलतर्फको हाईअल्टिच्युड खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। दिवंगत पूर्वमुस्ताङी साँस्कृतिक राजा जिग्मे पलवर बिष्टको सम्झनामा उपल्लो मुस्ताङमा आवद्ध यूवा क्लबहरूद्वारा बर्सेनि आलोपालो यसप्रकारको प्रतियोगिता सञ्चालन गरिन्छ।

पूर्वराजाको सम्झनामा मुस्ताङको लोछोदिन क्षेत्रका युवाहरूको खेलकुद क्षेत्रको विकास तथा खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७५ सालदेखि नियमिति रूपमा ल्हो छोग्याल झिग्मी मेमोरियल कप सञ्चालन हुँदै आएको छ। बर्सेनि साउनमा सञ्चालन हुने उक्त प्रतियोगितालाई उपल्लो मुस्ताङीले खेल पर्वको रूपमा लिने गरेको पाइएको छ। प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका विभिन्न युवा क्लबहरू खेल प्रतिस्पर्धामा सहभागी हुने गरेको पाइएको छ।

समुद्री सतहको करिब ५ हजार मिटरको अग्लो उचाइमा अवस्थित उत्तरी चीनको स्वशासित क्षेत्र तीब्बतसँग सिमाना जोडिएको कोरलानाका नजिकै रहेको लोमान्थाङ–२ छोसेरको भार्सा गाउँको खेल मैदानमा चौथो लो छोग्याल झिग्मी मेमोरियल कप २०७९ सुरु भएको हो। यसपटक प्रतियोगिताको आयोजक कोन्छोकलिन युथ क्लबले जिम्मा लिएको छ। जस अन्तर्गत लोमान्थाङका ६ टिम र लोघेकरका मा ६ टिम गरी कुल १२ टिमको सहभागिता रहेको खेल संयोजक कर्मा आङ्गेल गुरुङले बताए। लिक चरणको प्रतियोगिता साउन ११ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.