घरपझोङको ठिनी खोलामा अस्थायी पुल बनाउँदै पालिका

घरपझोङको ठिनी खोलामा अस्थायी पुल बनाउँदै पालिका

जोमसोम : घरपझोङ गाउँपालिकाको वडा नम्बर ४, ५ र वडा नं. १ जोड्ने ठिनी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाइएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजित ५ लाख ५० हजार बजेटबाट ठिनी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाइएको घरपझोङ गाउँपालिकाले जनाएको छ।

घरपझोङ गाउँपालिकाले चालु वर्ष विनियोजित बजेटले ८ मिटर लम्बाइ र ४ मिटर चौडाइ अस्थायी पुल निर्माणको काम अघि बढाएको गाउँपालिकाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए।

उनका अनुसार ठिनी खोलामा निर्माणधिन पुलमा ६ वटा फलामको च्यानल राखिएको छ भने च्यानल माथि नटबोल्ट सिस्टमको काठ बिच्छ्याइने छ।

फलामे च्यानललगायतका सामग्री पालिकाले उपलब्ध गराएको र स्थानीय उपभोक्ता समितिले काठ र निर्माणको जिम्मा लिएको इन्जिनीयर शर्माको भनाइ छ।

यसअिघ ठिनी खोलामा काठको अस्थायी पुल भएतापनि सो पुल जीर्ण हुँदा बर्खायामको समयमा सर्वसाधारणलाई आवतजावत गर्न, निर्माण सामग्री लैजान, खाद्यन्न तथा अन्य सामग्री लैजान समस्या परेको थियो। 

२ वर्षअघि ठिनी खोलाको जीर्ण पुलबाट निर्माण सामग्री बोकेको ट्रक क्रस गर्न खोज्दा पुल भाँचिएर दुर्घटना हुँदा २ जना कामदारले ज्यान गुमाएका थिए।

उनले पुल बनेपछि पर्यटकीयस्थल ढुम्बातालसम्म सवारी साधन लैजानसमेत सहज हुने बताए।

घरपझोङले मनसुन सुरु भएको र बर्खायामको बाढीले सर्वसाधारणलाइ आवतजावतमा समस्या पर्ने भएकाले सो स्थानमा अस्थायी पुल निर्माणको योजना अघि बढाएको गापाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.