ट्वीटरलाई २७० मिलियन डलरको घाटा
काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरलाई २७० मिलियन डलरको घाटा भएको छ। अप्रिल-जुनको पहिलो त्रैमासिकमा ट्वीटरलाई नोक्सान बेहोर्नुपरेको हो।
पछिल्लो समय विश्वकै धनी व्यक्ति एलन मस्क र ट्वीटरबीच द्वन्द्व चलिरहेको छ। यसअघि नै ट्वीटर किन्ने सम्झौता गरिसकेका मस्कले पछिल्लो समय ट्वीटर किन्न अस्वीकार गर्दै आएका छन्।
ट्वीटरले नोक्सान बेहोर्नुमा पनि दुई पक्षबीचको कानुनी लडाइँ रहेको आइटी विज्ञहरुले बताएका छन्। ट्वीटरले मस्कविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दाको सुनुवाई अक्टुबरमा सुरु हुने छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ट्वीटरको सेयर मूल्य तीन प्रतिशतले गिरावट आएको छ।