पश्चिम बंगालमा उद्योग मन्त्रीको नजिकका मान्छेको घरमा छापा मार्दा २० करोड भेटियो

पश्चिम बंगालमा उद्योग मन्त्रीको नजिकका मान्छेको घरमा छापा मार्दा २० करोड भेटियो

पश्चिम बंगाल : भारतमा प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेर २० करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

कथित शिक्षक भर्ती घोटालाको आरोपमा यो छापा मारिएका हो। छापा मारेर बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने अनुसन्धान एजेन्सीले जनाएको छ ।
 

अर्पिता मुखर्जीको घरबाट २० भन्दा बढी मोबाइल पनि बरामद भएको छ । एजेन्सीले यी फोनहरू कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। योसँगै शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतको घरमा पनि  छापा मारेको छ ।

उच्च न्यायालयको निर्देशन पछि सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयहरूमा समूह-सी र डी कर्मचारीहरू साथै शिक्षकहरूको भर्तीमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गरिरहेको छ। ईडीले यस कथित घोटालामा पैसाको लेनदेन ट्र्याक गरिरहेको छ, जसको बारेमा छापा मारिएको छ।

पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। शिक्षा घोटाला हुँदा चटर्जी शिक्षामन्त्री थिए। सीबीआईले उनलाई दुई पटक सोधपुछ गरिसकेको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.