विश्वका ५६ करोड ८६ लाख बढीमा कारोना संक्रमण

विश्वका ५६ करोड ८६ लाख बढीमा कारोना संक्रमण

काठमाडौं : विश्वभरका  ५६ करोड ८६ लाख ९६ हजार ६७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले गरेको सर्वेक्षणबाट उक्त डाटा सार्वजनिक भएको हो।

 सो केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । शनिबार प्रकाशित विवरणमा विश्वमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ५ सय ७५ पुगेको देखाइएको छ ।  
 सो विवरणअनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकाका ९ करोड ३ लाख ५ ८ हजार ९८८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै दोस्रो स्थानमा बढी स‌ंक्रमित देखिएको देश भारत हो। भारतमा ४ करोड ३८ लाख ४७ हाजार ६५ जनामा संक्रमण देखिएको छ।

त्यस्तै जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रका अनुसार त्यसपछि संक्रमित बढि भएका देशहरु र तिनको क्रमश: फ्रान्समा ३ करोड ३६ लाख २१ हजार ३१०, ब्राजिलमा ३ करोड ३५ लाख ५५ हजार ५२६ संक्रमित रहेका छन्। कोरोना संक्रमितको संख्या जर्मनीमा ३ करोड २३ लाख ९१ हजार २२, बेलायतमा २ करोड ३४ लाख २२ हजार ७११, इटालीमा २ करोड ५३ लाख ९ हजार १६, दक्षिण कोरियामा १ करोड ९० लाख ७७ हजार ६५९, रूसमा १ करोड ८२ लाख ४७ हजार ७७० रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.