अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै

वासिङटन : कोभिड-१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्। 

शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका थिए। त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए। 

उनलाई खानमा पनि अरूची छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखिउँदै उनले आफूलाई खान मन नलाग्ने समस्या नभएको बताएका थिए। 

कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नुका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए। 

'उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,' राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन पियरले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.