अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु, ३ जना घाइते

अफगानिस्तानको हेलमान्डमा विस्फोट हुँदा एक बालकको मृत्यु, ३ जना घाइते

अफगानिस्तान : अफगानिस्तानको प्रान्तीय राजधानी लस्कर गाहबाहिर शुक्रबार विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशकले शनिबार दिएको जानकारी अनुसार बालबालिका सहित केही दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूले कन्टेनरबाट स्क्र्याप धातुहरू ट्रकमा लोड गर्ने क्रममा सो दुर्घटना भएको हो।

युद्धग्रस्त र आर्थिक रूपमा पिछडिएको अफगानिस्तानमा थुप्रै बालबालिकाहरू जीविकोपार्जन गर्न र आफ्नो परिवारलाई सहयोग गर्न सडकमा काम गर्न बाध्य छन्।

अफगानिस्तानलाई संसारमा सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ। यहाँ युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायः मानिसहरूको ज्यान लिने गरेको घटना सार्वजनिक भइरहन्छन्।

करिब दुई महिनाअघि उत्तरी कुन्दुज प्रान्तमा भएको यस्तै घटनामा दुई बालबालिकाको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.