प्रदेशको नाम प्रस्ताव नै नगरी सकियो प्रदेशसभा बैठक

प्रदेशको नाम प्रस्ताव नै नगरी सकियो प्रदेशसभा बैठक

विराटनगर : प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आइतबार बसेको बैठक टुंगिएको छ।

पूर्वनिर्धारित कार्यसूचीअनुसार प्रदेशसभा बजेट अधिवेशनको आइतबार बसेको बैठक सकिएको हो। बैठकमा प्रदेश नामकरणको सबालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि नाम पनि प्रस्ताव हुने सम्भावना थियो। बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवा लिम्बुले नामकरणको विषयमा अनौठो पाराले सरकारको ध्यानाकर्षणसमेत गराए। तर, आइतबार बसेको बैठकमा प्रदेश नामकरणको सबालमा कुनै दलले प्रस्ताव राखेनन्।

प्रदेश सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि उठेका प्रश्न तथा जिज्ञासाका सम्बन्धमा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जवाफ दिए। त्यसपछि प्रदेश सरकारकी पर्यटन तथा सँस्कृति मन्त्री खिनु लङवा लिम्बुले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिन्। प्रस्तुत विधेयक सर्वसम्मतिले पारित भएपछि आइतबारको बैठक स्थगित भएको हो।

प्रदेशसभा बैठक सञ्चालन भइरहँदा सदन बाहिर भने प्रदेश नामकरणको सबालमा व्यापक प्रर्दशन गरिएको छ। प्रदेशको नाम किराँत राख्नुपर्ने मागसहित विभिन्न पहिचानवादी ९ वटा संघ-संगठनले प्रदेशसभा भवन अगाडि साकेला नृत्यसहित संयुक्त प्रर्दशन गरेका छन्। प्रदेशसभाको अर्को बैठक भने सोमबार दिनको १ बजेका लागि आह्वान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.