दैलेखमा चट्याङ लागेर १२ घाइते

दैलेखमा चट्याङ लागेर १२ घाइते

दैलेख : दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। 

आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ स्थित सेर्माकोटका १२ जना घाइते भएका हुन्। 

स्थानीय रमेश सिंह लगायतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विष्टले बताए। 

वडाध्यक्ष विष्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ। 'कोदो गोड्ने खेतेलाहरू दिउँसको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ परेको रहेछ,' उनले भने। 

वडाध्यक्ष विष्टले चट्याङले लागेर केही पशु चौपायाहरू मरेको बताए। केही खसी र गाई मरेको उनले बताए। घाइतेहरूको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको उनले बताए। 

'घाइतेहरूको अवस्था गम्भीर छैन्, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जीपमा राखेर दैलेख अस्पतालतर्फ पठाइएको छ,' वडाध्यक्ष विष्टले भने। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरूलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको र क्षतिको विवरण आउन बाँकी रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.