चितवनमा श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु
चितवन : चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्। भरतपुर महानगरपालिका- १० रमाइलो चोकका ४३ वर्षीय आइतबार राती सवा दश बजे कृष्णप्रसाद आचार्यले आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
गम्भीर घाइते भएकी रुश्माको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। खुकुरी प्रहार गरेर भाग्ने क्रममा घरको तीन तला माथिबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको पनि उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।