मुस्ताङमा बजेट घट्यो

मुस्ताङमा बजेट घट्यो

जोमसोम : चालु आर्थिक वर्ष २०७९/८० मा मुस्ताङमा ६ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षमा ६ अर्ब १७ करोड १० लाख बजेट विनियोजन भएको थियो। गत वर्ष  भन्दा  चालु आर्थिक वर्षमा ६ करोड ८ लाख कम बजेट विनियोजन भएको हो।

चालु वर्ष संघ/प्रदेश र स्थानीय तहलाई चालु खर्चतर्फ ३ अर्ब १५ करोड ६ लाख र पुँजीगत खर्चतर्फ २ अर्ब ९६ लाख ११ लाख बजेट विनियोजन भएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० का लागि संघीय कार्यालयतर्फ कुल ३ अर्ब ७२ करोड २२ लाख विनियोजन भएको छ। जसअन्तर्गत चालुतर्फ २ अर्ब ३ करोड ५१ लाख र पुँजीगततर्फ १ अर्ब ६८ करोड ७१ लाख बजेट विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङले जनाएको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १७ करोड बजेट बढी विनियोजन भएको हो।

प्रदेश कार्यालयतर्फ चालु आर्थिक वर्षका लागि कुल ८९ करोड ४ लाख ४८ हजार विनियोजन भएको छ। गत आर्थिक वर्षको तुलनामा चालु वर्ष ७ करोड ६० लाख बजेट बढी विनियोजन भएको हो। प्रदेशको चालुतर्फ ३० करोड ६४ लाख ४८ हजार र पुँजीगततर्फ ५८ करोड ४ लाख २५ हजार विनियोजन भएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।

गत वर्षको तुलनामा संघीय र प्रदेश कार्यालयको बजेट आंशिक वृद्धि भएपनि मुस्ताङका ५ स्थानीय तहको बजेटमा करिब २९ करोड ५० लाख रकम घटेको छ। गतवर्ष ५ स्थानीय तहलाई १ अर्ब ७८ करोड ५० लाख विनियोजन भएकोमा चालु वर्ष १ अर्ब ४९ करोड ९० लाख बजेट विनियोजन भएको कोष नियन्त्रक अर्यालले उल्लेख गरे।

मुस्ताङका ५ स्थानीय तहका लागि चालुतर्फ ८० करोड ९१ लाख  र पुँजीगततर्फ ६८ करोड ९९ लाख बजेट विनियोजन भएको हो। मुस्ताङको घरपझोङलाई ३२ करोड ३९ लाख, थासाङलाई ३४ करोड २ लाख, लोघेकर दामोदरकुण्डलाई २४ करोड ६ लाख, वारागुङ मुक्तिक्षेत्रलाई ३३ करोड ८८ लाख र लोमान्थाङ गाउँपालिकालाई २५ करोड ५३ लाख बजेट विनियोजन भएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।

संघीय कार्यालयअन्तर्गतको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाका लागि १ अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन भएको छ। गत वर्ष आयोजनालाई १ अर्ब १४ करोड बजेट विनियोजन भएकोमा 
चालुवर्ष २४ करोड ७६ लाख बजेट बढी विनियोजन भएको हो।

संघीय कार्यालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन इकाईको बजेट पनि २४ लाखले वृद्धि भएको छ। गत वर्षमा ५ करोड ४५ लाख बजेट थियो भने चालु वर्षमा ५ करोड ६९ लाख बजेट विनियोजन भएको जनाइएको छ।

मुस्ताङस्थित सैनिक उच्चशिखर शिक्षालयलाई १२ करोड ५९ लाख बजेट विनियोजन भएको छ। बजेट खर्च हुने कार्यालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको बजेट पनि बढेको छ। गतवर्ष २२ करोड ३६ लाख बजेट रहेकोमा चालुवर्ष २८ करोड ६८ लाख बजेट विनियोजन भएको कोष नियन्त्रक डालेश्वर अर्यालले बताए। 

चालु वर्ष पूर्वाधार विकास कार्यालय बजेट ६ करोड ५० लाख वृद्धि भएको बताईएको छ। प्रदेशतर्फकै खानेपानी जलश्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयलाई चालु वर्ष १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। गतवर्ष यस कार्यालयलाई १४ करोड ६२ लाख बजेट थियो भने चालुवर्ष करिव २ करोड बजेट वृद्धि गरिएको हो।

यसैगरी प्रदेश मातहत रहेको मुस्ताङ जिल्ला अस्पतालको बजेट पनि करिव ४ करोडले वृद्धि भएको छ। गतवर्ष ४ करोड ५१ लाख ५० हजार बजेट विनियोजन गरिएकोमा चालु वर्ष ८ करोड ४० लाख बजेट विनियोजन भएको हो।

गत वर्ष लक्ष्य अनुसार बजेट खर्च नहुनुमा सम्बन्धित निकायले समयमै खरिद प्रक्रिया सुरु नगरेको, समयमै ठेक्का नलगाएको, लागेका क्रमागत ठेक्कामा नियमित अनुगमन गर्ने तथा निर्देशन दिने काम नभएकाले अपेक्षा गरेअनुसार बजेट खर्च हुन नसकेको कोष नियन्त्रक डालेश्वर अर्यालले औल्याए। उनले चालु वर्षमा लक्ष्यअनुसारको बजेट खर्च ध्यान जानुपर्ने उल्लेख गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.