कोहलपुर दम्पति हत्या प्रकरण थप दुईजना पक्राउ

कोहलपुर दम्पति हत्या प्रकरण थप दुईजना पक्राउ

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका कृष्णकुमार गडरिया र उनकी पत्नी अञ्जली गडरियाको हत्या गर्ने मुख्य अभियुक्तका रूपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१९ का राजन सोनकर र वडा नम्बर १८ का साकिल अलि शेषलाई प्रहरीले लग्दहवा र सुर्जीगाउँबाट मंगलबार राति पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट कटुवा पेस्तोलसमेत बरामद गरेको थियो।

भाइ बुहारीको हत्या गर्न दाइ विजयकुमार गडरियाले सीमावर्ती भारतीय बजारबाट ११ हजार रुपैयाँमा कटुवा पेस्तोल किनेर अभियुक्त सोनकरलाई दिएका थिए। गडरिया दम्पत्तिको हत्या गर्ने क्रममा अभियुक्त शेषले एक राउण्ड हवाइ फायर गरेका थिए। यद्यपि घरमा सुतिरहेका कृष्ण र अञ्जलीलाई घाँटी थिचेर हत्या भएको थियो। 

दाइ र भाइको मनमुटाव र सम्पत्ति पनि हत्यामा जोडिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रयोग भएको हतियार प्रहरीले राजनबाट बरामद गरेको छ। मंगलबार पक्राउ परेका अभियुक्तद्वयले हत्या गर्न आफूहरूले ५० हजार रुपैयाँ मात्र पाएको प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन्। यसअघि पक्राउ परेका हत्याका योजनाकार विजयकुमार र भाउजु रेखाले भारतीय कन्ट्याक्ट किलरलाई एक लाख रुपैयाँ दिएको बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.