भारतमा नेताको आफन्तको घरमा फेरि भेटियो २९ करोड नगद र ५ किलो सुन : केही दिनअघि २१ करोड भेटिएको थियो

भारतमा नेताको आफन्तको घरमा फेरि भेटियो २९ करोड नगद र ५ किलो सुन : केही दिनअघि २१ करोड भेटिएको थियो

नयाँ दिल्ली : भारतको पश्चिम बंगालमा केही समय पहिला नेताको निकट मान्छेको घरबाट २१ करोड भारु भेटिएको थियो। पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी तथा नायिका अर्पिता मुखर्जीको घरमा प्रवर्तन निर्देशनालय (ईडी) ले छापा मार्दा फेरि २९ करोड भारु भेटेको छ। नगदका साथै मुखर्जीको घरबाट  ५ किलो सुन पनि बरामद भएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टासम्म चलेको छापामा ईडीले २९ करोड नगद बरामद गरेको हो । सो नोट गणना गर्न तीनवटा मेसिन जडान गरिएको छ ।  

२३ जुलाईमा पनि ईडीले मन्त्री पार्थ चटर्जी र अर्पिताको घरमा छापा मारेको थियो। अर्पिताको घरबाट २१ करोड रुपैयाँ नगद र १ करोड रुपैयाँ बराबरको गहना बरामद भएको थियो।  छापा मारेपछि दुवै पक्राउ परेका थिए ।

 
हालसम्म अर्पिताको दुबै घरबाट ५० करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन बरामद भएको छ । ईडीले अर्पिताको बेलघारिया टाउन क्लबमा रहेको दुई फ्ल्याटमध्ये एउटालाई सिल गरेको छ। नोटिसमा अर्पितालाई ११ हजार ८१९ रुपैयाँ मर्मतसम्भार नतिरेको कारण दिइएको छ ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.