जोमसोम कागबेनी सडकमा कालोपत्रे सुस्त: १० महिनामा तीन प्रतिशत काम

जोमसोम कागबेनी सडकमा कालोपत्रे सुस्त: १० महिनामा तीन प्रतिशत काम

जोमसोम : राष्ट्रिय गौरवको उत्तरदक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडकअन्तर्गत जोमसोम कागबेनी सडकको कालोपत्रे गर्ने काममा ढिलाइ भएको छ। पहिलो चरणमा कालोपत्रे गरिने १३ किमी अस्फाल्ट कालोपत्रेले अझै गति लिन सकेको छैन। 

सम्झौता अवधि २ वर्षको तोकिएको छ। काम सुरु भएको १० महिनामा तीन प्रतिशत प्रगति भएको छ। यो मुस्ताङको उत्तरी कोरला नाका र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने सडक हो। 

जोमसोम कोरला सडकको सातखण्ड मध्ये छवटा खण्ड ३ वर्षअघिनै कालिगण्डकी करिडोरलाई हस्तान्तरण भएको थियो। जसमध्ये जोमसोम कोरला सडकको चराङ छोसेर २५ किमी ग्राभेल सडकको काम अन्तिम चरणमा छ। जोमसोम कोरला ग्राभेल सडकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ असोज ४ गते कालोपत्रे विस्तारका बजेट विनियोजन गरेको थियो।

जोमसोम कागबेनी १३ किमी कालोपत्रे सडकलगायतका संरचना निर्माण गर्न आयोजनाले रौटाहा/आत्रेय/सारस जेभी काठमाडौंसँग २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। आर्थिक वर्ष २०७८ साल असोज ४ गते ठेक्का सम्झौता भएको जोमसोम कागबेनी कालोपत्रे सडकको सम्झौता अवधि २०८० असोज ४ सम्म छ।

सरकारले जोमसोम कागबेनी ग्राभेल सडकको थप स्तरोन्नति गर्दै अस्फाल्ट कालोपत्रे विस्तार गर्न ५७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो। तर निर्माण कम्पनीले कूल लागतको करिब ५० प्रतिशत रकम कम गरेर ठेक्का सम्झौता गरेको थियो। सम्झौता अवधि अझै १४ महिना बाँकी रहेपनि निर्माण कम्पनीले अहिलेसम्मको प्रगति हेर्दा समयमा नै काम साउन कठिन छ। निर्माण कम्पनीले हालसम्म कम्तीमा ३५ देखि ४० प्रतिशत भौतिक प्रगति गर्नुपर्ने थियो। 

कालोपत्रेका लागि निर्माण कम्पनीले प्राविधिक खटाएर गत वर्षको भदौमा १३ किमी सडकको सर्वे गरेको थियो। जोमसोम  कागबेनी १३ किमी सडकअन्तर्गत प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनी गाउँदेखि मुलसडकको १ किमी जोडिने गरी आयोजनाले ठेक्का लगाएको थियो। जोमसोम कागबेनी कालोपत्रे सडक विस्तार गर्न कालिगण्डकी नदीले ग्रोभल सडकमा क्षति पूर्‍याएको स्थान, सडक चौडा गर्ने, सडकको ग्रेड मिलान गर्ने, ड्रेन तथा वाल निर्माण लगायतका काम गर्ने सम्झौता गरिएको थियो।

आयोजना प्रमुख जगत प्रजापतीले जोमसोम कागबेनी कालोपत्रे सडकको भौतिक प्रगती जम्मा ३ प्रतिशत मात्र भएको जानकारी दिए। गतवर्षको असोजमा ठेक्का सम्झौता भएको कालोपत्रे सडकको कामबाट निर्माण कम्पनीले २७ लाख रकम भुक्तानी लगेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.