पर्यटकको भ्रमणले बढायो राजस्व

पर्यटकको भ्रमणले बढायो राजस्व

जोमसोम : कोरोना संक्रमणको जोखिम घटेसँगै मुस्ताङ घुम्ने पर्यटक बढेका छन्। गत आवमा १ हजार ५ सय ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका हुन्। जसबाट ९ करोड ३९ लाख राजस्व संकलन भएको छ। 

सो वर्ष मुस्ताङ आउने कुल पर्यटकको संख्या भने ३६ हजार १ सय ५३ जना रहेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले जनाएको छ। विदेशी पर्यटकमध्ये १ हजार ४ सय ५ तेस्रो मुलुकका र १ सय ६१ जना सार्क मुलुकका रहेको एक्याप जोमसोम प्रमुख अशोक सुवेदीले जानकारी दिए। भारतीय १ सय ५९ जना र २ जना बंगलादेशी पर्यटक छन्। कोरोना कहरअघिको सामान्य अवस्थमा औसत ३ देखि ४ हजार हाराहारीमा विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेको एक्यापको रेकर्ड छ। कोरोनाका कारणलगातार तीन वर्ष विदेशी पर्यटकको उपस्थित न्यून थियो। अहिले बढ्दो क्रममा रहेको सुवेदीले बताए। कोरोनाले रोकिएको मुस्ताङको धार्मिक तथा ऐतिहासिक तिजी पर्व भव्यताका साथ सम्पन्न भएको र त्यसबेला उल्लेख्य विदेशी पर्यटक आएको सुवेदीको भनाइ छ। 

मुस्ताङको फरक भूगोल, मौलिक धार्मिक कलासंस्कृति, ऐतिहासिक सम्पदा र सीमावर्ती क्षेत्र भएकाले विदेशी पर्यटक बढी आकर्षित हुने गरेका हुन्। मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्रको निषेधित र नियन्त्रित क्षेत्रभित्र पर्छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उत्तरी कोरलानाकासम्मको क्षेत्र एक्पापको निषेधित र नियन्त्रित इलाकाभित्र पर्दछ। उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले त्यहाँ जान नेपाल सरकार अध्यागमन विभागमा पाँच सय डलर रोयल्टी बुझाएपछि मात्र अनुमति दिइन्छ। उक्त रकम विभागमा नबुझाइका विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र, प्रशासन र सुरक्षा निकायले कागबेनीदेखि माथि जान रोक लगाउने गर्छ। 

कोरोना कहरअघि औसत वर्षको ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गरेको एक्यापको रेकर्डमा छ। बीचमा ठप्प भए पनि गत वर्षदेखि लयमा आउन थालेको हो।  गत वर्ष ३६ हजार १ सय ५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। २ हजार ७ सय ४३ जना विदेशी पर्यटक राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिएका हुन्। मनाङ हुँदै मुस्ताङ भित्रिनेमा ३ सय ४४ जना सार्क मुलुक र २ हजार ३ सय ९९ जना तेस्रो मुलुकका छन्। मनाङबाहेक मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये सार्क मुलुकका ३३ हजार ४ सय ७३ जना र तेस्रो मुलुकका २ हजार ६ सय ७८ जना विदेशी पर्यटक रहेको एक्यापले उल्लेख गरेको छ। सार्क मुलुकमध्ये ३३ हजार ४ सय ५७ जना भारतीय पर्यटक छन् भने अन्य मुलुकका १६ जना पर्यटक छन्। मुस्ताङमा अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेको पाइएको छ।

यस्तै, गत वर्ष ४८ वटा तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरे। जसमा सबैभन्दा बढी फ्रान्सका थिए। एक्यापमा तेस्रो मुलुकका पर्यटकलाई तीन हजार, सार्क मुलुकका पर्यटकलाई एक हजार र स्वदेशी पर्यटकलाई एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.