मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका तीन ठाउँमा बाढी-पहिरो, सडक अवरुद्ध

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका तीन ठाउँमा बाढी-पहिरो, सडक अवरुद्ध

जोमसोम : गए रातीको अविरल वर्षाका कारण मुस्ताङको तीन ठाउँमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। बाढी पहिरोले वारागुङ मुक्तिक्षेत्रको लुप्रा-पान्डा खोला ,वारागुङ मुक्तिक्षेत्र–४ को कागबेनी खोला र  वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ-चैलेको कालाभीरमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

मुस्ताङको लुप्रा–पान्डा खोलामा बर्सेनि खोला एकातिर पुल एकातिर हुँदा उपल्ल्लो मुस्ताङ जाने सवारी साधनले सास्ती भोग्दै आइरहेका छन् । यसपटक पनि दुई पटक बाढीका कारण पुल छेउको सडक अवरुद्ध भएको थियो । गए रातीको वर्षाले लुप्रा–पान्डा खोलाले धार परिवर्तन गर्दा पुल एकातिर र सडक एकातीर हुँदा उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने सवारी बिच सडकमै अलपत्र परेका छन् ।

वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा पनि मुक्तिक्षेत्रबाट बग्ने खोलाको बाढीले सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । सूचना अधिकारी सुवेदीका अनुसार कागबेनी खोलामा निर्माधिन पक्की पुल तल बाढीले सडक खोतल्दै गहिरो बनाउँदा सडक अवरुद्ध भएको हो ।

यस्तै वारागुङको छुसाङ स्थित कालाभीरमा लेदो पदार्थसहित आएको बाढीले  सडक पुरिएको प्रहरीले उल्लेख गरेको छ । अहिले जिल्ला प्रशासन कार्यालय,प्रहरी र स्थानीय निकायको समन्वयमा अवरुद्ध सडक खुलाउन पहल भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.