जो आयोग पास गरेको १९ वर्षपछि शिक्षक बने

जो आयोग पास गरेको १९ वर्षपछि शिक्षक बने

दैलेख : दैलेखकी भरतकुमारी रेग्मी २०५७ मा तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे जनयुद्धमा होमिइन् । भूमिगत हुनुअघि उनी सामुदायिक विद्यालयको अस्थायी शिक्षक हुन् । उनी नारायण नगरपालिका–५ स्थित महेन्द्र मावीमा अस्थायी दरबन्दीमा कार्यरत थिइन् । 

२०५२ मा शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन खोल्दा रेग्मीले पनि परीक्षा दिइन् । नतिजा आउन आठ वर्ष लाग्यो । २०५२ सालको विज्ञापनको परीक्षफल २०६० मा प्रकाशित भयो । उनले प्रावि तहको शिक्षकमा आयोगले लिएको परीक्षा उर्तिण गरिन् । तर जनयुद्धमा होमिएपछि नियुक्ती पत्र बुझ्न पाइनन् । 

२०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपल्ट संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको निर्वाचनमार्फत सशस्त्र जनयुद्ध गरेको तत्कालीन एकीकृत नेकपा माओवादी ठूलो पार्टीको रूपमा उभियो । उनै रेग्मी माओवादी पार्टीबाट समानुपातिक सांसद बनिन् । 

उनले संविधान सभाको कार्यकाल विताइन् । अहिले पनि माओवादी केन्द्रको राजनीतिमा रहेकी रेग्मी अब शिक्षकको रुपमा चिनिने छिन् । आयोगले नतिजा प्रकाशित गरेको १९ वर्षपछि उनले शिक्षकको नियुक्ति लिने भएकी हुन् ।

रेग्मीलाई प्रावि तहका शिक्षकको नियुक्ति प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले बताए । 

रेग्मीजस्तै माओवादी नेता कर्णबहादुर बस्नेत पनि अब शिक्षकको रुपमा उदाउनेछन् । हाल माओवादी केन्द्रको केन्द्रीय तहमा रहेका बस्नेत २०५८ मा सशस्त्र जनयुद्धमा होमिएका थिए । त्यसअघि नारायण नगरपालिका–१ स्थित त्रिभुवन मावीमा अस्थायी शिक्षकको रुपमा कार्यरत बस्नेतले २०५२ मा शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएका थिए । 

नजिता २०६० प्रकाशित भएपनि उनले नियुक्ती लिन पाएका थिएनन् । माओवादी केन्द्रको सक्रिय राजनीतिमा रहेका बस्नेतलाई मावी तहको स्थायी शिक्षक नियुक्ती दिइएको प्रमुख थापाले बताए । आयोग पास गरेको १९ वर्षपछि शिक्षक नियुक्ती पाएका बस्नेत भन्छन्, 'शैक्षिक गुणस्तर र भौतिक स्थिती कमजोर भएको विद्यालयमा काम गर्ने योजना छ, जुन सामुदायिक विद्यालयलाई परिवर्तन गर्न सकुँ ।’

संविधान सभा सदस्य रेग्मी र बस्नेतसहित दैलेखका १४ जना शिक्षकहरु पुर्नवहाली भएका छन् । रेग्मी र बस्नेत शिक्षक सेवा आयोग पास गरेको तर नियुक्ती पत्र नबुझ्ने मध्येका हुन् । यी दुवैजनाले आयोग पास गरेको १९ वर्षपछि नियुक्ती बुझेका हुन् ।

दश वर्षे सशस्त्र द्वन्द्व र आन्दोलनका कारण शिक्षण पेसाबाट विस्थापित भएका अन्य १२ जना शिक्षकहरुको पुर्नवहाली भएको छ ।

प्रावी तहका १२ जना शिक्षकहरुको पुर्ननियुक्ती भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताए । पुर्नवहाली भएका शिक्षक कार्यक्षेत्रमा खटिएको उनले बताए । ‘प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गर्ने गरी जिल्लाका विभिन्न स्थानीय तहमा पठाइएको छ,' उनले भने ।

सरकारले द्वन्द्वको समयमा जागिर गुमाएका शिक्षकको पुनर्वहाली गर्ने निर्णय गरेको थियो । २०७८ फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वका समयमा जागिर गुमाएका शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.