निर्माणाधीन सेल्फी पुल भत्काइने

निर्माणाधीन सेल्फी पुल भत्काइने

विराटनगर : संसद् विकास कोषबाट निर्माण थालिएको सेल्फी पुलको निर्माणाधीन संरचना हटाइने भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संसद् विकास कोषबाट पुल निर्माण थालिएको थियो। 

उक्त सेल्फी पुल सुनसरी मोरङ सिँचाइ आयोजनाले भत्काउन लागेको हो। अनुमति नलिई आयोजनाको नहरमा बग्ने पानीलाई छेक्ने गरी बनाएको सेल्फी पुलको संरचना भत्काउन लागेको हो। आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्न पुल  निर्माण थालिएको थियो।   

मोरङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूले निर्माणाधीन सेल्फी पुलको अनुगमनसमेत गरेको बताइएको छ। विराटनगर-६ झरना चोकस्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमाथि सेल्फी पुल निर्माण सुरु गरिएको थियो। 

पाँच दिनभित्र काम सम्पन्न गर्ने भन्दै असार २१ गतेबाट निर्माण थालिएको हो। आफूखुसी निर्माण गर्न लागेको पुलका कारण बाटो नहुँदा नहर वारपार गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। नहरमा अवरोध पुग्ने गरी निर्माण गरिएका संरचना हटाउनका लागि सूचना जारी गर्ने लागिएको आयोजनाले जनाएको छ। 

आयोजनाका प्रमुख भिलानन्द प्रमुख यादवले अब १५ दिने सूचना निकाल्ने तयारी गरिएको बताए। १५ दिनको सूचनालाई अटेर गरे पुनः सात दिनको निकाल्ने उनले बताए। दुवै सूचनालाई अटेर गरे बल प्रयोग गरेर भएपनि हटाउने उनले बताए।  
सो पुल निर्माणको काम सकिएको भनेर १० लाख ९४ हजार ४२ रूपैयाँको बिल पेस गरिए तापनि तीन लाख ५२ हजार सात सय रूपैयाँको मात्रै भुक्तानी भएको थियो। नहरमा कुनै संरचना निर्माण गर्दा सुनसरी-मोरङ सिँचाइ आयोजनाको अनुमति लिनुपर्छ। 

आयोजनाको सम्पत्तिमा आफूखुसी कंक्रिट संरचना निर्माणको काम थालिएको थियो। नियमविपरीत थालिएको पुल निर्माण अहिले अलपत्र अवस्थामा छ। निर्माणाधीन संरचनाका कारण बस्ती नै डुबानमा पर्ने भएपछि स्थानीयले विरोध गरेका थिए। 
बिम लगाएर पिलर उठाइसकिएको पुलका कारण नहरको पानी बग्ने भागको लगभग ४० प्रतिशत क्षेत्रलाई असर पुगेको स्थानीय सुरज रसाइलीले बताए। 

यसैबीच सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा अतिक्रमण गरेर बनाएको टहरा हटाइने भएको छ। सुनसरीको चतरादेखि भारतको सीमावर्ती क्षेत्रसम्मको ५३ किलोमिटर नहरको डिलमाथि अतिक्रमण गरी बनाएको घर टहरा र जथाभावी बनाउन लागेको पुल आयोजनाले हटाउन लागेको हो।
 
सुनसरी-मोरङ सिँचाइ आयोजनाका प्रमुख यादवले नहरमाथि बनाइको टहरा, घरसँगै अनुमतिबिना बनाएको पुल हटाउन लागेको जानकारी दिए। टहरा निर्माण भएका कारण सफा गर्न पानी छोड्दा समस्या हुने गरेको उनले बताए।
 
उनका अनुसार अनुमतिबिना जथाभावी निर्माण गरिने कंक्रिट संरचनाका कारण बाढी तथा डुबानको समस्या निम्तिने भएकाले निर्माणधीन पुलहरूसमेत बटाउन लागिएको हो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.