संसदीय निर्वाचनपश्चात् ओलीको चुरीफुरी समाप्त हुन्छ : मेटमणि चौधरी

संसदीय निर्वाचनपश्चात् ओलीको चुरीफुरी समाप्त हुन्छ : मेटमणि चौधरी

धरान : शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने ठोकुवा गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी धरानले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले ओली र एमाले पार्टीलाई आगामी निर्वाचनमा ठेगान लगाउने बताएका हुन्। 

मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद् विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरि संविधान र गणतन्त्रको रक्षा गरेको बताए। 

उनले ओली राष्ट्रघाती भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाइ देशै भरी चुनाव हराएर धुलो चटाउने बताए। 

मन्त्री चौधरीले अबको निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनसहित अर्को दल थपिएर छ दल मिलेर चुनाव लडने तयारी भैरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.