नेपालमा बाघको संख्या दोब्बर बढ्यो,  हलिउड अभिनेता  लियोनार्डोले दिए बधाइ

नेपालमा बाघको संख्या दोब्बर बढ्यो,  हलिउड अभिनेता  लियोनार्डोले दिए बधाइ

काठमाडौं : नेपाल बाघको संख्या दोब्बर बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाइ दिएका छन्। नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएकोमा उनले समाजिक सञ्जालमा स्ट्याटस राख्दै बधाइ दिएका हुन्। 

उनले भने, 'यसपालिको बाघ दिवश एकदमै विशेष भएको छ। किनभने नेपाल सन् २०१० मा लिएको जंगली बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने उद्देश्यमा सफल भएको घोषणा गरेको छ। यो प्रभवशाली कोसेढुङ्गा पार गरेकोमा नेपाललाई बधाई छ।'

हालसालै सकिएको सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा बाघको संख्या ३५५ रहेको बताउँदै उनले भने, 'सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा  हाल बाघको संख्या ३५५ छ। सन् २०१० मा यो संख्या १२१ मात्र थियो। यो एक अविश्वसनीय उपलब्धी हो।  विगत १२ वर्षदेखि नेपाल सरकार वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो।'

बाघको संख्या बढेपछि यसले सिकार गर्ने संख्या पनि बढ्ने भएकोले उनले बाघबाट जोगिन कदम चाल्नुपर्ने बताएका छन्। 'बाघको संख्या बढेसँगै त्यससँग सुरक्षित रहन थप ध्यान केन्द्रित गर्नु जरुरी छ। नेपालले वन्यजन्तुसँग सुरक्षित रहन 'प्रधानमन्त्री मानव वन्यजन्तु उद्धार तथा राहत कोष' सुरु गरेको छ, यो प्रशंसनीय कार्य हो।'

नेपालमा पाटेबाघको संख्यामा दोब्बरले बढेको छ। विश्वबाटै लोप हुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले सुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पूरा गरेको हो। पछिल्लो गणनाको नतिजाअनुसार नेपालमा ३ सय ५५ वटा पाटेबाघ छन्। 

गत वर्षको मंसिर १९ गते सुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ। जहाँ १ सय २८ बाघ छन्। दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन्। यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.