मुस्ताङको घाँसामा बन्यो कालिज फर्म

मुस्ताङको घाँसामा बन्यो कालिज फर्म

जोमसोम : हिमाली जिल्ला मुस्ताङको घाँसामा पहिलो पटक कालिज फर्म तथा रेन्वो ट्राउट माछा पोखरी पूर्वाधार निर्माण भएको छ। सरकारले स्थानीयस्तरमा  रोजगार सिर्जना गर्ने तथा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप मुस्ताङको घाँसामा पहिलो पटक कालिज फर्म र रेन्वो ट्राउट पूर्वाधार निर्माण गरिएको हो।

थासाङ गाउँपालिकाका लागि आर्थिक वर्ष २०७८/०७९ को संघीय सरकारको विशेष अनुदान शीर्षकमा १ करोड २५ लाख बजेट विनियोजित भएको थियो। गाउँपालिकाले ९८ करोड ९५ लाख लागतमा कालिज फार्म तथा रेन्वो ट्राउट लगायतका पूर्वाधार निर्माण गर्न सानु कन्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो।

पूर्वाधार निर्माणका लागि गत आर्थिक वर्ष २०७८/७९ को जेठ ५ गते सम्झौता भएको र सम्पन्न गर्न ४० दिनको म्याद कायम गरिएको थियो। सोही सम्झौताअनुसार कन्ट्रक्सनले घाँसामा कालिज फार्मसम्मको सडक निर्माण तथा मर्मत, कालिज फार्म, माछा पोखरी निर्माण, पानी ट्यांकी निर्माण, पाइप लाइन र स्टोर रुम आदि निर्माण सम्पन्न गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सुवेदीले जानकारी दिए।

थासाङको घाँसामा कालिज फार्म तथा रेन्वो ट्राउट पूर्वाधार निर्माण भएसँगै कृषि पर्यटनको प्रवर्द्धन, स्थानीयस्तरमा रोजगारीको सिर्जना र गाउँपालिकाको आन्तरिक आम्दानीमा योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उल्लेख गरे। घाँसामा करिब १५ रोपनी सार्वजनिक खाली जंगल भएको पाखोमा कालिज फार्म तथा रेन्वो ट्राउट पूर्वाधार निर्माण भएको उनले बताए।

'कालिज फार्म तथा रेन्वो ट्राउट पूर्वाधार निर्माण भएको छ, अब त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि निर्माण गर्नेछौं, 'प्रशासकीय अधिकृत सुवेदीले भने, 'गाउँकार्यपालिकाले बैठक बसेर त्यसको सञ्चालन मापदण्ड र भाडादर कायम गरी पूर्वाधार निर्माणको जिम्मा लगाउने छौं।' उनले पूर्वाधार उपयोग गर्न व्यक्ति, समुदाय, संघसंस्था कसलाई प्राथमिकता दिने र कसरी बढी राजस्व संकलन हुनसक्छ भन्नेतर्फ जोड दिइने बताए। 

सरकारले पछिल्लो समय कालिजपालन व्यवसायलाई प्रोत्साहन गर्ने र त्यसलाई पर्यटनसँग जोड्दै रोजगार सिर्जना गर्ने लक्ष्य लिइएको पाइन्छ। कालिज कुखुरा प्रजातिको जंगली पंक्षी हो। समून्द्री सतहको २५० मिटर उचाईदेखि ३०५० मिटरको अग्लो उचाइको भूभागमा कालिज पाइने गर्छ। कालिज अक्सर पहाडी भूभागमा बढी बस्ने गर्छ।

नेपालमा कालिजपालनको व्यवसाय फस्टाउँदै जान थालेको छ। मुस्ताङ भने पहिलो पटक यसको पूर्वाधार निर्माण भएको हो। नेपालका जंगल हुने कालिज प्रतिबन्धित गरिएको छ। तर नेपालमा विदेशबाट कालिजको अण्डा झिकाएर ह्याचरी गरी कालिज उत्पादन गर्ने गरिएको छ।

कालिजको मासु स्वादिलो र प्रोटिनयुक्त हुनाले पारखीहरूको कालिजको मासु खान लालायित हुन्छन्। सुत्केरी महिला र बाथ रोगका बिरामीलाई कालिजको मासुले फाइदा पुर्‍याउने गर्छ। एउटै कालिजको मूल्य ३ हजारदेखि ४ हजारसम्म मूल्य पर्छ। कालिजको चल्ला पाँच महिना हुर्काउँदा मासुका लागि योग्य हुन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.