कमनवेल्थको महंगो भिलेज

कमनवेल्थको महंगो भिलेज

लन्डन : २२औं कमनवेल्थ गेम्स बेलायतको बर्मिङघममा आयोजना भइरहेको छ। बिहीबारबाट सुरु भएको कमनवेल्थ गेम्स अगस्ट ८ सम्म आयोजना हुनेछ। प्रतियोगितामा ७२ राष्ट्रका पाँच हजारभन्दा बढी खेलाडीले दुई सय ८० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। कमनवेल्थ गेम्समा विभिन्न २० खेल समावेश गरिएको छ। 

पाँच हजारभन्दा बढी खेलाडी, प्रशिक्षक र अफिसियल गरी  ६ हजार तीन सय जनाका लागि बर्मिङघममा स्पोर्ट््स भिलेज निर्माण गरिएको छ। अहिले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, अफिसियल र निर्णायक यही भिलेजमा बसिरहेका छन्। बर्मिङघममा स्पोर्ट्स भिलेज निर्माणका लागि बेलायत सरकारले ७७८ मिलियन युरो खर्च गरेको थियो। यो रकममध्ये ७५ प्रतिशत बेलायती सरकार र २५ प्रतिशत बर्मिङघम सिटी काउन्सिलले खर्च गरेको हो।

स्पोर्ट्स भिलेजमा खर्च गरिएको रकम सन् २०१८ को गोल्डकोस्ट कमनवेल्थ गेम्समा खर्च गरिएको भन्दा कम हो। गोल्डकोस्ट कमनवेल्थ गेम्समा अस्ट्रेलियाले ९६७ मिलियन युरो खर्च गरिएको थियो। तर, सन्् २०१२ को लन्डन ओलम्पिकपछि बेलायतले कमनवेल्थमा सबैभन्दा धेरै रकम खर्चिएको हो। लन्डन ओलम्पिक आयोजनाका लागि बेलायतले ८.८ बिलियन युरो खर्च गरेको थियो। 

पछिल्लो समय कोरोना महामारीलाई ध्यानमा राख्दै कमनवेल्थ गेम्स आयोजक कमिटीले खेलाडी, प्रशिक्षक, अफिसियल र निर्णायकका लागि चार भिन्दाभिन्दै क्षेत्र छुट््याएको छ। कमनवेल्थ आयोजकले १६०० सय खेलाडी र अफिसियलका लागि एनईसी क्याम्पसमा बस्ने व्यवस्था मिलाएको छ। यसैगरी १९०० खेलाडी र अफिसियलका लागि युर्निभर्सिटी अफ वारपिक र २८०० खेलाडी र अफिसियललाई युनिभर्सिटी अफ बर्मिङघममा राखेको छ।

यसैगरी साइक्लिङका खेलाडीलाई बर्मिङघमभन्दा १३० किलोमिटर टाढाको लन्डनमा राखेको छ। कोरोनाका कारण एउटै भिलेजमा सबैलाई राख्न समस्या भएपछि खेलाडी र अफिसियललाई छुट्टाछुट्टै ठाउँमा राखिएको हो। आयोजकका अनुसार खेलाडी र अफिसियलका लागि खाने र बस्ने राम्रो व्यवस्था गरिएको छ। उनीहरूलाई जिम, स्विमिङ पुललगायतका अत्यावश्यक सुविधाको प्रबन्ध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.