कालिगण्डकी करिडोर सडक आयोजनामा ५ अर्ब ८४ करोड खर्च

कालिगण्डकी करिडोर सडक आयोजनामा ५ अर्ब ८४ करोड खर्च

जोमसोम : राष्ट्रिय गौरवको उत्तरदक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजनामा ५ अर्ब ८४ करोड बजेट खर्च भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक पहुँचमार्ग विस्तार गर्न आयोजनाले उक्त रकम खर्च गरेको हो। 

भारतीय नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरिएको हो। आयोजना निर्माणको लागत ७ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। आयोजनाको हालसम्म ७५ भौतिक प्रगति भएको छ। 

आयोजनाले सडकतर्फ ६ अर्ब ३१ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा ५ अर्ब २ करोड र पुलतर्फ १ अर्ब २४ करोड बजेटको ठेक्का सम्झौता गरेको थियो। सडक आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ। सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि आयोजनालाई १ अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन गरेको छ।

सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो। पछिल्लो समय गौरवको सडकअन्तर्गत मालढुङ्गा बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्रे योजना थपिएको हो। यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालय म्याग्दीले लिएकोमा सो सडक पनि अहिले कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ।

सडक अहिले निर्माणको अन्तिम चरणमा छ। जोमसोम कोरला ११० किमी सडकको ७ खण्डमध्ये ६ वटा खण्डको काम निर्माण सम्पन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ। साथै चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको छ। चराङ छोसेर २५ किमी सडक चालु आर्थिक वर्षभित्र सकिने उनले बताए। 

योसँगै जोमसोम कोरला ७ वटै खण्डको ग्राभेल सडकको काम सकिने आयोजना प्रमुख प्रजापतिले उल्लेख गरे। मसोम कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत रहेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए। जोमसोम कोरला सडकको २ अर्ब ६५ करोडमा ठेक्का सम्झौता भएको थियो।

जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्रे विस्तार गर्न आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले यहाँ १० महिनामा ३ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ। 

राष्ट्रिय गौरवको सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि बेनीसम्म १३ किमी सडकको स्तरोन्नतिसहित अस्फाल्ट कालोपत्रे विस्तार गर्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो। अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ।

कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ। जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको छ। बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा रहेका छन्। कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल सम्पन्न भएको आयोजना प्रमुख प्रजापतिले बताए।

म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल सम्पन्न भएको छ। मुस्ताङखण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोला पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.