बाह्रखरीको कथा प्रतियोगिता

बाह्रखरीको कथा प्रतियोगिता

काठमाडौं : बाह्रखरी मिडियाले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको कथा लेखन प्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ। बाह्रखरीले कथा लेखन प्रतियोगिताको चौथो संस्करणको घोषणा गर्दै कथा आह्वान गरेको हो। 

कथा लेखनमा नयाँ र पृथक काम होस्् भन्ने उद्देश्यसहित नवप्रतिभा र कालजयी कथाको खोजीका लागि प्रतियोगिता आयोजना गरिएको बाह्रखरी मिडियाले जनाएको छ। प्रतियोगितामा देशभित्र र बाहिरका नेपाली भाषीले पनि सहभागी हुन पाउने छन्। प्रतियोगितामा प्राप्त कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गरी निर्णायक मण्डललाई उपलब्ध गराउनेछ। निर्णायक मण्डलले उत्कृष्ट २५ कथा छनोट गरी तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गर्नेछ। यो वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदीसम्मिलित निर्णायक समिति बनाइएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिने छ। उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएको छ। संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा गत वर्ष पाँच सयभन्दा बढी कथाकारले भाग लिएका थिए।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आगामी भदौ १४ गतेभित्र आफ्नो कथा पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानकारी दिए। उनका अनुसार एक हजार पाँच सयदेखि चार हजार शब्दसम्ममा कथा पठाउनु पर्नेछ। कथा प्रतियोगिताको नतिजा आगामी असोज ३० गते सार्वजनिक गरिने भएको छ। 

कथा प्रतियोगिताको पहिलो संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ले पहिलो स्थान हात पारेको थियो। दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ पहिलो हुँदा तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ ले पहिलो स्थान हात पारेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.