ट्रक किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

ट्रक किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

सन्धिखर्क :आफूले बेचेको ट्रकको पैसा उठाउन भनी अर्घाखाँचीको पोखराथोकमा आएका विष्णु बहादुर पाण्डेको हत्या भएको छ । 

गाडी किनेको पैसा दिने बहानामा अर्घाखाँचीको पोखराथोकमा लगी अर्घाखाँची घरभई रुपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दिपक) ले आफ्नै साथी बिष्णुबहादुर पाण्डेको हत्या गरेका हुन् ।  

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका –१३ वेलवास बस्ने ४४ वर्षीय विष्णु बहादुर पाण्डेको शव शनिबार पोखराथोकमा भेटिएको थियो । शवबारे अनुसन्धान गर्दै जाँदा  हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।  

पाँचदिनदेखि सम्पर्कविहीन पाण्डेको शव पाणिनी गाउँपालिका- २ मा पर्ने डाँडाकटेरीको वनमा भेटिएको थियो । हत्याको अभियोगमा पाणिनि–२  पोखराथोक घर भई हाल सैनामैना नगरपालिका - ६ कलौनी बस्ने ४३ वर्षीय  कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले आफ्नै साथीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गौतमलाई बिक्री गरेको लु १ ख ७७८१ नं. को ट्रक पास गर्न भनि हिँडेका पाण्डे सम्पर्कमा नआएपछि उनकी छोरीले प्रहरीमा उजुरी गरेकी थिइन्  । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिए पछि प्रहरीले खोजतलास गर्दा पाण्डेको शव जंगलमा मृत भेटिएको थियो । 

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नं. को ट्रक सोह्र लाख मुल्य कायम गरी पछि दिने सर्तमा नामसारी गरेकोमा ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएको बुझिएको छ। ।  घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट प्रहरीले पक्राउ गरेको थियो । 

गौतमले योजनाबद्ध रुपमा साउन नौ गते पाण्डेलाई अर्घाखाँची स्थित घरमा गएर पैसा दिने भन्दै ललाई, फकाई  गरेर पोखराथोकमा लगेका थिए । भोलिपल्ट घरवाट कालिज मार्न भनि झण्डै साढे २ किलोमिटर टाढाको जंगलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भीरबाट तल खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको अर्घाखाँचीका प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक थापाले बताएका छन् । मृतक पाण्डेको पर्स पनि गौतमको घरको कोठामा भेटिएको छ ।  

पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पुर्‍याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ । गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखांची  गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पुर्याएर हत्या गरेको मृतकका आफन्तको  दाबी छ । 

शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी  शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्  ।

अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकम समेत नदिएकाले उक्त गाडी बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्ति समेत दिलाउन परिवारले माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.