पिण्डेस्वर मन्दिरमा सरसफाइ
धरान : स्वास्थ्यका लागि हिंडौ धरान अभियानले सोमबार पिण्डेस्वर मन्दिर क्षेत्रमा सरसफाइ गरेको छ। पिण्डेस्कर मन्दिरमा साउनको प्रत्येक सोमबारको दिन भक्तजनहरू जल चढाउन आउँछन।
भक्तजनहरूको भीडका कारण मन्दिर क्षेत्र आसपासमा थुपारिएको फोहोरमैला हिंडौ धरान अभियानले सरसफाइ गरेको हो। हिंडौ धरान अभियानका सचिव ज्ञानेन्द्र बस्नेतको नेतृत्वमा १६ जना युवाहरूले मन्दिर क्षेत्रको सरसफाइ गरेका थिए।
मन्दिर क्षेत्र दुर्गन्धित हुनबाट जोगाउनका लागि सरसफाइ गरिएको अभियानका सदस्य कुमार भारतीले बताए।
मन्दिर क्षेत्र सरसफाइ गर्ने हिंडौ धरान अभियानका युवाहरूलाइ पिण्डेस्वर बाबाधाम समितिका अध्यक्ष विकास नेपाली, सुनिल अग्रवाल, सुशील सुवेदीलगायतले धन्यवाद दिएका थिए।
स्वास्थ्यका लागि हिंडौ धरान अभियानले प्रत्येकदिन दुई घण्टा पैदल हिडने अभियान सञ्चालन गरेको छ। सोमबार पिण्डेस्वर मन्दिरमा ५ हजार बढी भक्तजनले जल चढाएको समितिका सुशील सुवेदीले बताए।