गोरखामा अमरसिंह थापाको शालिक स्थापना

गोरखामा अमरसिंह थापाको शालिक स्थापना

गोरखा : गोरखामा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना गरिएको छ ।

 उनको जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका- ६ स्थित अमरसिंह स्मृति स्मारकमा निर्माण गरिएको शालिकको सोमबार एक कार्यक्रमका बीच अनावरण गरिएको हो ।

उनको २०६ औं जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिएको स्थानीय नारायण दानीले जानकारी दिए ।

सोही कार्यक्रममा राष्ट्रिय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक अनावरण गरिएको हो। 

गोरखा अमरसिंह नगर पर्यटन समितिले अमरसिंह थापाको २०६ औं जन्मजयन्ती समारोह आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राष्ट्रिय विभूति अमरसिंह थापाले नेपालको एकीकरण अभियानलाई थप अघि बढाउन, विखण्डनबाट रोक्न र इस्ट इण्डिया कम्पनीको कब्जाबाट जोगाउन महत्वपुर्ण भूमिका खेलेको बताए । 

अमरसिंह थापालगायतका वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले नेपालको सीमाना पूर्वमा टिष्टा र पश्चिममा काँकडासम्म पुर्‍याउन सम्भव भएकाले उनीहरुको सम्मान गर्नु सबैको दायित्व भएको वक्ताहरुले बताएका थिए । गाउँपालिकाकबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको हो ।

गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षता तथा गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका उपप्रमुख रिता देवकोटा, वडा नं. ६ का वडा अध्यक्ष प्रेम वस्ती, निवर्तमान वडा अध्यक्ष नारायणबाबु दानी, गोरखा अमरसिंह नगर पयटन कार्य समितिका वरिष्ठ उपाध्यक्ष खमबहादुर राना, सन्सरी माविका प्रअ रामकाजी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.