खण्डहर हल, बढ्दो फिल्मी क्रेज

खण्डहर हल, बढ्दो फिल्मी क्रेज

भोजपुर : ११ वर्षअघिसम्म अहिलेजस्तो सबैको हात हातमा मोबाइलको पहुँच थिएन। मानिसहरू चिठ््ठीपत्रबाटै आफन्तसँग सन्देश आदानप्रदान गर्थे। त्यो समय मनोरञ्जनका लागि एकमात्र विकल्प सिनेमा हल हुन्थ्यो।

शनिबार आउने बितिक्कै भोजपुरका सुदूर गाउँबाट मानिसहरू नेपाली चलचित्र हेर्न सदरमुकाममा झुम्मिन्थे। नेपाली चलचित्र हेर्न रुचाउने त्यस समयका दर्शकलाई हलमा चलचित्र हेर्नुको छुट्टै मज्जा हुन्थ्यो। 
त्यसबेला भोजपुर सदरमुकाममा बिहान ९ बजेदेखि दिउँसो १२ बजे र रातको ९ बजेदेखि १२ बजेसम्म बिजुली बत्ती आउँथ्यो। अरु बेला जेनेरेटरबाट चल्थ्यो, सदरमुकामको एकमात्र शिवशक्ति चलचित्र हल। हल सञ्चालकले सयौं नेपाली चलचित्र चलाए। शनिबारका दिन सर्वसाधरणको निकै लामो लाइन लाग्थ्यो।  

२०५१ सालमा स्थापित सिनेमा हल रिलबाट सुरु भएर डीभीडी हुँदै थ्रीडी थिएटरसम्म आइपुग्दा बन्द भयो। विभिन्न बाधा व्यवधानका बावजूद हललाई व्यवस्थापन गर्दै हप्तामा एकपटक सिनेमा चलाउथे, सञ्चालक। दिउँसो र साँझ गरी दुई समय फिल्म देखाइन्थ्यो। २०७२ को भूकम्पले भवन जीर्ण बनाएपछि शिवशक्ति चलचित्र हल पूर्णरुपमा बन्दै भयो। समयसँगै सिनेमा हलको क्रेज घट्न थालेपछि दर्शकको आवागमन पनि घट््न थाल्यो। भूकम्पले बन्द हुनुपूर्व हलमा विभिन्न एकल साँस्कृतिक साँझ, नाटक, कविता मञ्चन र वृत्तचित्र प्रदर्शनी हुन्थ्यो। यसैगरी ख्यातीप्राप्त कलाकारको एकल साँझ पनि हलमै आयोजना हुन्थ्यो। 

मर्मतसम्भार गर्न धेरै खर्च लाग्ने भएपछि हल बन्द गर्न बाध्य भएको सञ्चालक मन्दीप राईले बताए। आधुनिक प्रविधिको जमानामा दर्शकको रोजाई अनुसारकै मल्टिप्लेक्स स्क्रिनको थ्रीडी सिनेमा बनाउन धेरै लगानी लाग्ने र तत्काल स्रोत जुटाउन समस्या भएको उनले बताए। सञ्चालक राईले जीर्ण सिनेमा हल भत्काएर अन्य प्रयोजनका लागि भाडामा दिने तयारी गरिएको बताए। 

बढ्दो प्रविधिको विकास, कामको व्यस्तता, चलचित्रको खस्कँदो स्तर र भूकम्पले जीर्ण भवनलगायतले हलमा दर्शकको संख्या न्यून हुँदै गएको उनी बताउँछन्। अहिले सिनेमा हलमा भन्दा कम्प्युटर, मोबाइलप्रति सर्वसाधारणको लगाव बढी छ। जसका कारण सिनेमा हलको क्रेज क्रमशः घट््दै गएको हल सञ्चालकको बुझाइ छ। 

अहिले पनि हप्तामा एकदिन कामबाट वि  श्राम लिन परिवारसँग सिनेमा हेर्न चाहने फिल्मीप्रेमी दर्शकहरू पनि धेरै भेटिन्छन्। सिनेमाको आनन्दले वि  श्राम र पारिवारिक जमघट गराउने स्थानीय प्रियंका थापा सुनाउँछिन्। ‘परिवार, आफन्त र कलेजका साथीभाइसँग हप्तामा एकदिन छुट्टी मनाउन ठूलो पर्दामा चलचित्र हेर्दा मनमष्तिस्कलाई तनावमुक्त राख्न सघाउ पुर्‍याउँछ’, उनी भन्छिन्। 

युवापुस्ताको बढ्दो क्रेज

दयाहाङ राई, कमलमणि नेपालजस्ता राष्ट्रियस्तरका चर्चित कलाकार भोजपुरले जन्मायो। यस्तै मिलन चाम्सजस्ता कुशल र सफल निर्देशक पनि यहीं जन्मिए। कलाकारितामा राम्रो छाप छोडेका यिनै दिग्गज कलाकार र निर्देशकहरू जन्मभूमिको गौरव देशविदेशमा बढाइरहेका छन्। यही कारण पछिल्ला पुस्तामा कलाकारिताप्रतिको मोह बढेको छ। यहाँ लघुचलचित्र बनाउने होड पनि निकै चलेको छ। युट्युब च्यानलदेखि विभिन्न माध्यमबाट कलाकारितामा रमाउनेहरूको संख्या बढ्दो छ। ०७२ सालमा ‘दोख’ चलचित्रको सुटिङ बाहेक जिल्लामा ठूलो पर्दाका फिल्मको छायांकन भएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.