जोकोभिचको लभस्टोरी

जोकोभिचको लभस्टोरी

लन्डन : सर्बियाका नोभाक जोकोभिचले गत जुलाई १० मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए। पुरुष एकलको भिडन्तमा अस्ट्रेलियाका निक किर्गियोसलाई हराउँदै ३५ वर्षीय जोकोभिचले सातौं पटक विम्बल्डनको उपाधि जितेका थिए। सन् २०११ मा पहिलो पटक विम्बल्डनको उपाधि जितेका उनले त्यसयता सन् २०१४, २०१५, २०१८, २०१९, २०२१ र सन् २०२२ मा विम्बल्डनको ट्रफी उचालेका छन्।

उनीभन्दा अघि स्विट्जरल्यान्डका रोजर फेडरर छन्। फेडररले आठ पटक विम्बल्डनको उपाधि जितेका छन्। समग्रमा भने जोकोभिचको त्यो २१औं ग्रान्डस्लाम उपाधि हो। उनीभन्दा अघि स्पेनका राफेल नाडाल छन्। उनले कीर्तिमानी २२औं ग्रान्डस्लामको उपाधि जितेका छन्। यसैगरी रोजर फेडररले भने २० वटा ग्रान्डस्लामको उपाधि जितेका छन्। जोकोभिचले नौ पटक अस्ट्रेलियन ओपन, सात पटक विम्बल्डन, तीन पटक अमेरिकी (यूएस) ओपन र दुई पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्। 

सर्वाधिक ग्रान्डस्लामको उपाधि जित्ने अभियानमा रहेका जोकोभिचको लभस्टोरी पनि निकै रोचक छ। नोभाकले जेलेना जोकोभिचसँग विवाह गरेका छन्। उनीहरूको पहिलो भेट सन् २००५ मा विद्यालयमा भएको थियो। त्यहींबाट उनीहरूको प्रेम सुरु भएको हो। विद्यालय शिक्षा पूरा गरेपछि जेलेना व्यवस्थापनको पढाइका लागि इटालीको मिलान पुगिन्। नोभाकले भने टेनिसमा ध्यान केन्द्रित गरे। तर, उनीहरूले एकअर्काको साथ भने छाडेनन्। 

करिब आठ वर्षसम्म रिलेसनमा रहेपछि नोभाक र जेलेनाले सन् २०१३ मा इन्गेजमेन्ट गरेका थिए। त्यसको एक वर्षपछि सन् २०१४ मा उनीहरू विवाह बन्धनमा बाँधिए। ‘मैले जब पहिलो पटक जेलेनालाई देखें, त्यतिबेला उनी परीजस्ती थिइन्। म संधै उनलाई पछ््याइरहन्थें र मनमनै रोमाञ्चित पनि हुन्थें’, नोभाकले जेलेनासँगको पहिलो भेटका बारेमा भनेका छन्। नोभाक र जेलेना दुई सन्तानका अभिभावक हुन्। 

नोभाक र जेलेनाले सामाजिक कामलाई अगाडि बढाउने उद्देश्यले एक फाउन्डेसन पनि सञ्चालन गरिरहेका छन्। जसको सम्पूर्ण दायित्व जेलेनाले निर्वाह गर्दै आएकी छन्। फाउन्डेसनले सर्बियाका बालबालिकाको शिक्षा र खेलकुदमा काम गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.